नेपालमा कोरोना संक्रमण अझैपनि ‘पिक’मा नपुगेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। उनले नेपालमा कोरोना संक्रमण अझै बढ्ने क्रममा रहेको बताए।
‘संक्रमण पिकमा पुगेर घट्नुपर्ने हो तर नेपालमा अहिले बढिरहेको छ’ उनले भने, ‘अहिले सबैतिर खुल्ला गरिएको छ। यसले अझ बढाउन सक्छ।’
उनले अर्थतन्त्र अलि चलायमान बनाउनको लागि खुला गरिएको स्पष्ट पार्दै कोरोना संक्रमणबाट थप सजग हुनुपर्ने बताए।
मन्त्री ज्ञवालीले अग्रपंक्तिमा खटिका सबै चिकित्सक, नर्स लगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको साउन १ गतेदेखि नै लागू हुनेगरी रु २५ लाखको निशुल्क कोरोना बीमा गरिएको जानकारी पनि दिए।
प्रतिक्रिया