ad ad

समाज


कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

नेपालखबर
असोज १३, २०७७ मंगलबार ४:२४,

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

मोरङको सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। सोमबार पनि धरान–२ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .