ad ad

समाज


तीनवटा प्रदेशबाट हट्यो मनसुन

तीनवटा प्रदेशबाट हट्यो मनसुन

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १:२७,

पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेकाे मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।

‘मनसुन पश्चिमबाट क्रमशः बाहिरिँदै छ,’ महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यस क्रममा पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटेको हो।’

उनका अनुसार अब त्यता मनसुनी वर्षा हुँदैन। बाँकी प्रदेशमा भने अझै मनसुनी प्रभाव छ।

महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : २०७७ असोज १५ गते बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमिका केही भूभागबाट मनसुन बहिर्गमन भएको छ। हाल बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुन केही दिन लाग्ने सम्भावना छ।’

मौसमविद् पौडेलका अनुसार पूरै नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ताजति लाग्ने अनुमान छ।

नेपालबाट मनसुन बाहिरिने मिति सामान्यतया गत सेप्टेम्बर २७ तारिख हाे। तर केही वर्षयता यसकाे अवधि लम्बिइरहेकाे छ। यस वर्ष त झन् सेप्टेम्बर २७ आसपास देशभर ठूलाे वर्षा भएकाे थियाे। माैसमविद्का अनुसार यसलाई मनसुनकाे उतारचढाव भनिन्छ। 

तर केही दिनयता वर्षा हुने क्रम निकै घटेकाे छ। अब बिस्तारै मनसुन बाहिरिँदै गएकाे माैसमविद्ले बताएका छन्।

माैसमविद्का अनुसार मनसुनका बेला पूर्वी वायु चल्छ, जसलाई मनसुनी वायु भनिन्छ। त्यसलाई पश्चिमी वायुले विस्थापित गरेपपिछ मनसुन बाहिरिने हो। पूर्वबाट भित्रिने मनसुन बाहिरने बेला पनि पश्चिमबाट सर्दै पूर्वबाटै बाहिरिन्छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश १,  प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।  प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

राती : प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश  २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १८ गते (आइतबार)

दिउँसो :   प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ।

राती :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  हल्का वर्षाको  सम्भावना छ।

स्राेत : माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .