नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार ६३८ सहित देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
यो उपत्यका तथा देशभरमा एकैदिन थपिने संक्रमितमध्ये अहिलेसम्मकै उच्च संख्या हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा १ हजार २८० मा कोरोना पुष्टि भएको छ। त्यस्ते बढी संक्रमित थपिने अन्य जिल्लामा भक्तपुर १९६, मोरङ १५० ललितपुर १६२, सुर्खेत १२२, रुपन्देही ९२ र बाँके ७० रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।
हेरौँ कुन जिल्लमा कति संक्रमित थपिए?
प्रतिक्रिया