रौतहटमा घाँस लिन गएकी किशोरीको बलात्कार गरी हत्या भएको छ। रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहका अन्दाजी १६ वर्षीया छोरी संझा साहको बलात्कार गरि हत्या भएको हो।
रौतहटको वृन्दावन नगरपालिका ४ हरैया पल्टुवा मामा घर देवेन्द्र साहको घरमा बस्दै आएकी किशोरी बिहान घाँस काट्न गएकी थिइन्। साँझसम्म घर नफर्केपछि खोजबिन गर्दा उखुबारीमा नग्न अवस्थामा मृत फेला परेकी हुन्।
घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया