बाजुरामा चार छोराछोरीसहित आमा नदीमा बेपत्ता भएकी छिन्।
हिमाली गाउँपालिका ५ स्थित कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली र उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती बेपत्ता भएको प्रहरीले जनाएको छ।
कवाडी खोलाको किनारमा बच्चाको चप्पल फेल परेकाले बच्चासहित आमा नदीमा हाम फालेर बेपत्ता भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घर झगडाका कारण महिला घरबाट हिँडेको प्रारम्भिक अनुसन्धान पछि प्रहरीले उनका श्रीमान् धर्मलाई नियन्त्रणमा लिएको छ।
बेपत्ता महिला र बालबालिकाको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेका छन्।
प्रतिक्रिया