भक्तपुरको इवामुरा अस्पतालको लापरवाहीले एक व्यक्तिको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।
अघिल्लो शुक्रवार हिँडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको एकहप्ता पछि ज्यान गएको हो।
अस्पतालले लापरवाही गरेको भन्दै पीडित व्यक्तिका परिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति गरेको एकदिन पछि लाखाजुको आज नर्भिक अस्पतालमा निधन भएको परिवारको आरोप छ।
पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको र शुक्रवार भेन्टिलेटरबाट निकाल्ने वित्तिकै मृत्यु भएको मृतकका भाइ बिजेश लाखाले बताए।
सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित गरेका थिए। शुक्रवार नर्भिकले थप उपचार हुन नसक्ने र घर लैजानु भनेपछि भेन्टिलेटरबाट निकालिएको थियो।
लक्ष्मीकुमार पेसाले सिकर्मी हुन्। भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ।
अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजुको निधन भएको परिवारले आरोप लगाएका छन्।
Shares
प्रतिक्रिया