ad ad

समाज


काठमाडौंमा मोबाइल चोर्ने गिरोह नै पक्राउ, को-को छन्?

काठमाडौंमा मोबाइल चोर्ने गिरोह नै पक्राउ, को-को छन्?

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:१३,

काठमाडौंमा प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

न्यूरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा ७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका मोबाइल चोरी गर्ने पाँच जनालाई शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई छन्।

प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।

“जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने।

पक्राउ परेका पाँचै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .