ad ad

समाज


कोरोना संक्रमण : नेपालमा दैनिक आठ जनाको मृत्यु

कोरोना संक्रमण : नेपालमा दैनिक आठ जनाको मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:२४,

कोरोना भाइरस संक्रमणबाट नेपालमा दैनिक औसतमा आठ जनाको मृत्यु हुन थालेको छ।

असोज महिनाको तथ्यांक हेर्दा कोरोना संक्रमणबाट औसतमा दैनिक आठ जनाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी सुत्केरीको पहिलोपटक मृत्यु भएको थियो।

३१ भदौसम्म नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो। शनिबारसम्म यो संख्या पाँच सय २८ पुगेको गौतमले बताए। पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी छन्। ‘६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कनु होला,’ डा.गौतमले भने।

पछिल्लो २४ घण्टामा नेपालमा २,१२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

शुक्रवार एकैदिन २,७२२ जना नयाँ सङ्क्रमित थपिएका थिए। शनिवार पनि सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार तीन सय दुई पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .