ad ad

समाज


बस पल्टिँदा एकको मृत्यु, चार जना घाइते

बस पल्टिँदा एकको मृत्यु, चार जना घाइते

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:५१,

लमजुङको बेंसीसहरमा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

बेंसीसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीसहर १ उदीपुर बजार नजिकै पल्टिएको हो।

दुर्घटनामा बेंसीसहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

सामान्य अवस्थाका दुई घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका दुई जनालाई भने थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।

तीब्र गतिमा रहेको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .