कोरोनाबाट संक्रमण भएका व्यक्तिको शव सरकारले मृतकको परिवार तथा आफन्तलाई छुन दिँदैन, नेपाली सेनामार्फत सुरक्षित किसिमले अन्त्येष्टि गराउने गरेको छ।
तर सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) ले एउटा यस्तो भिडियो सन्देश जारी गरेको छ– जहाँ विज्ञले लासबाट कोरोना नसर्ने बताइरहेका छन्। तर पनि सतर्कता अपनाउनुपर्ने सन्देश दिइएको छ।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा ईश्वर पुडासैनीले कमेन्ट गरेका छन्– ‘कोभिड नसार्ने शवलाई पूर्ण सुरक्षा अपनाई लैजान चाहने परिवारको जिम्मा किन लगाइन्न? किन सेनाको जिम्मा लगाई अज्ञातस्थलमा लगी गाडिन्छ। तथ्य ब्रिफिङ गर्ने पनि मन्त्रालय, सेनासँग समन्वय गर्दै शवलाई अज्ञातस्थलमा गाड्ने पनि मन्त्रालय! अलि विरोधाभाषपूर्ण छ तथ्य र एक्सन।’
शवबाट काेराेना सर्छ कि सर्दैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले जारी गरेकाे याे भिडियाे सुनाैँ-
Shares
प्रतिक्रिया