ad ad

समाज


त्रिविका उप–प्राध्यापक चलाउनेमाथि विश्वविद्यायय परिसरभित्रै रड प्रहार

त्रिविका उप–प्राध्यापक चलाउनेमाथि विश्वविद्यायय परिसरभित्रै रड प्रहार

नेपालखबर
असोज २०, २०७७ मंगलबार ६:१२,

नेपाल विद्यार्थी संघको एक समूहले त्रिभुवन विश्वविद्यालयका एक उप-प्राध्यापक माथि रड प्रहार गरेको छ।

मंगलबार त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघको एक समूहले रड प्रहार गरेको हो।

विश्विद्यालय केन्द्रीय क्याम्पस परिसरभित्रै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट विभागतर्फ गइरहेका उप-प्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले बाटैमा रोकी आक्रमण गरेको विभागका एक उपप्रध्यापकले जनाकारी दिए।

आक्रमणबाट गम्भीर घाइते भएका उप-प्राध्यापक चलाउनेको अहिले मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ। उनको दाइने खुट्टा भाँचिएको र देब्रे खुट्टा र टाउकोमा गम्भीर चोट लागेको ती उपप्रध्यापकले जानकारी दिए।

‘तर्साउने हिसाबले भन्दा पनि ज्यानै लाने हिसाबले आक्रमण भएको देखिन्छ’, नेपालखबरसँग कुरा गर्दै ती उप-प्राध्यापकले भने, ‘उहाँको अवस्था गम्भीर नै छ, अहिले उपचार भइरहेको छ।

विभागीय प्रमुखको नियुक्तिको विषयलाई लिएर डेढ महिनादेखि विभागको कार्यालयमा तालाबन्दी गरेका नेविसंघका कार्यकर्ताले यसअघि पनि उनलाई धम्क्याउँदै आएको बताइएको छ।

नेविसंघका कार्यकर्ताले  आफ्नाे पक्षका टीका गौतम विभागी प्रमुख हुनुपर्ने भन्दै आन्दलोलन गर्दै आइरहेको उनले जानकारी दिए। अहिले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा प्रध्यापक युवराज लुइँटेल छन्।

यता महानगरीय प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंहले आक्रमणको जानकारी प्रहरीमा आएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .