ad ad

समाज


कोरोनाबाट गण्डकीका थप २ जनाको मृत्यु

कोरोनाबाट गण्डकीका थप २ जनाको मृत्यु

वाशुदेव मिश्र
असोज २०, २०७७ मंगलबार ६:१५,

कोरोना संक्रमणबाट गण्डकी प्रदेशका थप २ जनाको मृत्यु भएको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार दिएको जानकारी अनुसार नवलपरासी जिल्लाको कावासोती–७ की ७७ वर्षीया महिलाको बिहान सवा ३ बजे चितवन मेडिकल कलेज तथा गोरखाको बारपाक सुलिचौर–६ की ४५ वर्षीया महिलाको बीपी कोइराला क्यान्सर अस्पतालमा असोज १५ गते निधन भएको हो।

नवलपरासीकी ७७ वर्षीया वृद्धालाई असोज १६ गते स्वासप्रश्वास तथा पिसाबको समस्यासहित अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै निधन भएको हो भने गोर्खाकी महिलामा चाहिँ मृगौलाको समस्या थियो। थप २ जनाको मृत्यु प्रुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

यता, गण्डकीमा मंगलबार मात्रै पनि तनहुँका २ र नवलपरासीका २ जनामा संक्रमण प्रुष्टि भएको छ। हालसम्म गण्डकीमा ४ हजार २४३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

तीमध्ये ११६० जना अहिले पनि सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी संक्रमित गण्डकीको राजधानी पोखरामै छन्। यहाँ अहिले ५०५ जनामा संक्रमण छ। पोखरालाई २८७ संक्रमितसहित नवलपरासीले पच्छ्याइरहेको छ। मुस्ताङबाहेक गण्डकीमा सबै जिल्लामा कोरोना संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .