ad ad

समाज


डब्लूएचओ भन्छः विश्वभर ८० करोड व्यक्तिलाई कोरोना संक्रमण भएको हुनसक्छ

डब्लूएचओ भन्छः विश्वभर ८० करोड व्यक्तिलाई कोरोना संक्रमण भएको हुनसक्छ

नेपालखबर
असोज २०, २०७७ मंगलबार ६:४८,

सोमबार एक विशेष वैठकको आयोजना गरेको डब्लूएचओले सो क्रममा विश्वको ठूलो जनसंख्या कोरोनाको खतरामा भएको बतायो।

डब्लूएचओका हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक राइनले सोमबार जेनेभामा विश्वभरका दश प्रतिशत जनसंख्या कोरोनाको चपेटामा आइसकेको बताएका थिए।

सो क्रममा डब्लूएचओले हाल विश्वभर ३ करोड ५० लाखभन्दा बढीमा कोरोना पुष्टि भएपनि वास्तविक रुपमा ८० करोड मानिसलाई कोरोना लागेको हुनसक्ने बताएको थियो।

डब्लूएचओका महानिर्देशक टेडरोस एडह्यानम गिब्रियससले विश्वभरका देश एक भएर कोरोनाविरुद्धको लगाइँमा लाग्नुपर्ने बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .