ad ad

समाज


सुन्धारा सुन प्रकरण : व्यापारीसँग धरौटी माग, ९ जना थुनामा

सुन्धारा सुन प्रकरण : व्यापारीसँग धरौटी माग, ९ जना थुनामा

नेपालखबर
असोज २०, २०७७ मंगलबार १२:३९,

काठमाडौंको सुन्धारामा बरामद भएको नक्कली सुन तस्करी प्रकरणमा संलग्न ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंले प्रहरीद्वय बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठसहित ९ जनालाई कारागार पठाउन आदेश दिएको हो।

भारतका निलेश शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, कौशल पटेल, सिन्धुपाल्चोकका उमेश श्रेष्ठ, राजु मुन्ना खान, श्रदुल अन्सारी र इल्ताफ हुसेन अन्सारी कारागार चलान भएका छन्। अन्य दुई जना धरौटीमा र एक जना साधारण तारेखमा छुटेका छन्।

तस्करीमा संलग्नलाई सुन बेच्ने विजय ताम्राकारलाई ५ लाख र श्रीनिवास उपाध्यायलाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको छ। सुनमा लेप लगाउने मणिक मल्लिक भने साधारण तारेखमा रिहा भएका छन्।

सुन तस्करी तथा हात हतियारसम्बन्धी संगठित अपराधमा प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अभियुक्तमध्ये केही भने अझै फरार छन्।

याे पनि : प्रहरीबाट १० लाख लुटिएका व्यापारीले नै तस्करलाई सुन किन्न १ करोड दिएको खुलासा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .