ad ad

समाज


चाबहिल चोकमा निर्मित आकाशे पुलको उद्घाटन, पार्क अवलोकनमा मेयर शाक्य

चाबहिल चोकमा निर्मित आकाशे पुलको उद्घाटन, पार्क अवलोकनमा मेयर शाक्य

नेपालखबर
असोज २१, २०७७ बुधबार ६:४९,

काठमार्डाैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा ६ मा मात्र करिब ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताएका छन्।

आज बिहान आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हु्न।

वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका थिए। अवलोकनका क्रममा वडा ६ कार्यालय भवन निर्माण कार्यको प्रगति विवरण लिएका थिए।

त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने, ‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रवर्द्धन कार्यक्रममा केन्द्रित छ।’

खुल्ला ठाउँलाई अहिले पनि जोगाउन नसकिए भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने उनले बताए। त्यसैले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेको उनको भनाइ छ। मेयर शाक्यले भने, ‘सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ व्यवस्थापन हो।’

पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेकोले पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास भइरहेको उनले बताए। मेयर शाक्यले पार्किङ व्यवस्थापनमा सघाउने भन्दै कसैले जग्गा उपलब्ध गराए महानगरले नै पार्किङ बनाइदिने बताए। उनले भने, ‘जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनुहोस्।’

No description available.

आकाशे पुलको संख्या थपिँदै
फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो। बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो। २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन।

जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

No description available.

योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ। महानगरका मेयर शाक्यका अनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो। उनले भने, ‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य विभिन्न ठाउँमा निर्माण गर्दैछौँ।’

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक रहेको बताए। यसका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए। आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै। उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .