ad ad

समाज


काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

नेपालखबर
असोज २६, २०७७ सोमबार ३:५२,

काभ्रेको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा काभ्रेका दुई गाउँपालिकालाई समावेश गरिएको हो।

दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा पार्न सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

अब ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारको लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्ने भएको छ। राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै ५–६ घण्टासम्मको यात्रा गरी जिल्ला सदरमुकाम आइपुग्नु पर्ने अवस्था रहेको छ।

विकटको अत्ति दुर्गम क्षेत्र भएकै कारण दुई बर्षअघि यहाँका दुई गर्भवतीको समयमा उपचार नपाएर ज्यान गएको थियो। २०७७ सालको साउन महिनामा यहाँकी एक गर्भवतीको लाख भन्दा बढी खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .