धनकुटामा नातिको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईको कुटाइबाट ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको मृत्यु भएको हो।
धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार कुटपिटबाट गम्भीर घाइते भत्तबहादुरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
मादक पदार्थ सेवन गरेका अबिनाशले सोमबार घरायसी विवादमा निर्घात कुटपिट गर्दा फत्तबहादुरको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया