ad ad

समाज


सोमबार साँझ अपहरणमा परेकी बालिकाको साढे तीनघण्टामा उद्धार

सोमबार साँझ अपहरणमा परेकी बालिकाको साढे तीनघण्टामा उद्धार

उजिर कार्की
कात्तिक ४, २०७७ मंगलबार ६:२८,

ललितपुरमा सोमबार साँझ अपहरणमा पेरकी बालिकाको साढे तीनघण्टापछि सकुशल उद्धार गरिएको छ।

आठ वर्षीया बालिकालाई सोमबार साँझ इमाडोलबाट अपहरण गरिएको थियो।

साँझ ८ बजे प्रहरीले बालिका अपहरणमा परेको खबर पाएको थियो। राति साढे १० बजे सकुशल उद्धार गरेको र अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

बालिकालाई अपहरणकारीले हरिसिद्धिस्थित आफ्नो कोठामा लगेर राखेको पाइएको थियो। घरबेटीसमेतको सहयोगमा प्रहरीले बालिकालाई उद्धार गर्न सफल भएको जनाएको छ।

Imadol kidnapper

बालिकालाई ल्याएको देखेपछि घरबेटीले ती युवाहरुलाई गालि गरेका थिए। सर्लाहीका ३० वर्षीय राजु कार्की, धनुषाको धारापानीका कृष्ण तोलाङ र सीता परियार पक्राउ परेका छन्। सीता कृष्णकी श्रीमती हुन्।

बालिकाकी आमालाई उनीहरुले चिनेपनि बालिकाकी आमाले भने नचिनेको बताएकी छन्। बालिकाकी आमा गोपी साह गार्मेन्टमा काम गर्छिन्। राजु कार्की युवा पनि पहिले त्यही गार्मेन्टमा काम गर्थे उनी कामबाट निस्किएपछि गोपीले त्यहाँ काम थालेकी थिइन्।

उनीहरुले बच्चालाई सुरुमा खाजा खुवाएर ममि आउँन ढिला हुन्छ अहिले हामीसँग हिँड भनेर साइकलमा लिएर गएको बताइएको छ।

अपहरणकारीले आमालाई फोन गरेर ‘तिम्रो छोरी हामीसँग छ’ भनेको तर कहाँ किन केही भनेका थिएनन्। गोपीले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको हो।

घरबेटीले बच्चालाई किन ल्याएको भन्दै गालि गर्न थालेपछि अपहरणकारीसँग झगडा भएको थियो।

झगडापछि बालिका भागेर बाहिर निस्किएकी थिइन्। त्यहीबेला प्रहरी पुगेपछि अपहरणकारी पनि पक्राउ पर्न सफल भएको एसएसपी राईले बताए।

सातदोबाटो बृत्तका डीएसपी मित्रबन्धु शर्माको कमाण्डमा खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

घरबेटीलाई समेत प्रहरीले पक्राउ गरेपनि उनको संलग्नता नदेखिएपछि छाडिएको छ। थप अनुसन्धान भइरहेको एसएसपी राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .