ad ad

समाज


तनहुँ र अछामबाट प्रहरीले बरामद गर्‍यो यस्ता हतियार

तनहुँ र अछामबाट प्रहरीले बरामद गर्‍यो यस्ता हतियार

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ७:३८,

प्रहरीले तनहुँको एक घरमा छापा मारेर विभिन्न हतियार बरामद गरेको छ।

बन्दीपुर गाउँपालिका ६ ज्यामिरेस्वाराको एक घरबाट २ थान चाइनिज पेस्तोल, १ थान जंगी राउन्ड, १ थान ड्यामे राउन्ड, सोही पेस्तोलको २ थान म्याग्जिन बरामद गरेको हो।

सोही घरबाट २ थान जंगली जनावरको जस्तो देखिने सिङ र ५ थान  छाला पनि सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम, ईलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले वीरेन्द्र गुरुङ बस्दै आएको अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान बरामद गरेको हो। घटनामा संलग्न व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।

यस्तै अछामको ढकारी गाउँपालिका ४ भरामस्थित बासपानीको जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। सोमबार साँझ प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले बन्दुक बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .