ad ad

समाज


सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १२:२६,

दसैँका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन्।

दसैँको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन्।

भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो।

‘अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्’, वडाध्यक्ष तामाङले भने, ‘कोभिड –१९ को संक्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन। आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएर हौं।’

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार कर्मचारी कोभिड १९ का संक्रमणपछि सात दिनअघि बन्द गरिएको छ।

अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३÷ १३ जनालाई चार महिना वापतको रु। ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .