जुम्लाको गुठीचौर गाउँकार्यपालिका सदस्य जनक थकालीले आफ्नो सेवासुविधास्वरुप आउने रकम विद्यालयमा लगाएका छन्।
उनले गाउँपालिकाभित्रका विद्यालयलाई १४० फर्निचर उपलब्ध गराएका छन्।
पाँच वर्षमा आउने सबै सेवासुविधाको रकम विद्यालयमा लगानी गरिने सदस्य थकालीले जानकारी गराए। आवश्यक फर्निचर नहुँदा विद्यार्थी भुइँमा बस्नुपरेको थियो।
खड्कदेवी मावि मणिसाँघुका अध्यक्ष अर्जुन महताराले शिक्षा क्षेत्रमा कार्यपालिका सदस्य थकालीले गरेको लगानी अति राम्रो रहेको बताए।
उनले भने, ‘जनप्रतिनिधि धेरै भए तापनि स्थानीयवासीको आवश्यकता र माग बुझ्ने जनप्रतिनिधि उहाँ मात्र हुनुहुन्छ।’ रासस
60
Shares
प्रतिक्रिया