उत्तर प्रदेशमा दुर्व्यवहारको विरोध गर्ने एक छात्राको हत्या भएको छ।
उत्तर प्रदेशको फिरोजाबादमा शुक्रबार साँझ आफूमाथि दुर्व्यवहार गर्नेको प्रतिकारमा उत्रेकी एक छात्रालाई ती दुर्व्यवहारकारीले राति उनको घरमै पुगेर हत्या गरेका हुन्।
तीन जनाको समूहमा रहेका ती पुरुषले फिरोजाबाद पुलिस स्टेसन नजिकैको रसुलपुर क्षेत्रको प्रेम नगरकी १२ कक्षामा अध्ययनरत ती छात्रालाई तीन जना युवकले बाटोमा र स्कुलमै पुगेर दुर्व्यवहार गर्दै आइरहेको थिए।
यहाँको डाक बंगला सडक नम्बर २ मा ती छात्रा शुक्रबार साँझ विद्यालयबाट फर्किरहेकी थिइन्। बाटोमा उभिएका तीन जना युवकले उनीमाथि अश्लील टिप्पणी गरेपछि उनले त्यसको प्रतिकार गरेकी थिइन्। तीनै जना ती युवक राति ती छात्राको घरमा पुगे टाउकोमा गोली हानी उनकाे हत्या गरेको जानकारी प्रहरीले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
टाउकोमा गोली लागेकी उनको घटनास्थलमै मृत्यु भयो। गोलीको आवाज सुनेपछि परिवारका सदस्यहरू छतबाट तल झरे, तिनीहरूले युवतीलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेका एसएसपीले परिवारको जाहेरी लिएपछि हत्यारालाई कडा कारबाही गर्ने आश्वासन दिएका छन्। उनले घटनाको सत्यतथ्य छानविन हुने र आरोपीलाई छिट्टै पक्राउ गरी न्यायिक कारबाही गर्ने बताएका छन्।
एसपीपी फिरोजाबादले अहिलेसम्म २ जनालाई हिरासतमा लिएर सोधपुछ भगरिहेको जानकारी दिएको छ।
Shares
प्रतिक्रिया