कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरीनिकासीको खुकुरी चुरोट बरामद गरेको छ।
नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खल्लामछेट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चुरोट बरामद गरेको हो।
बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट एपीएफ टोलीले करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
Shares
प्रतिक्रिया