ad ad

समाज


काठमाडौँ उपत्यकामा थपिए १३ सय ५७ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए १३ सय ५७ कोरोना संक्रमित

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १०:३९,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभरमा थप २ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .