ad ad

समाज


कैलाली शव व्यवस्थापन विवाद : कब्रस्तानमै अन्तिम संस्कार गर्न अनुमति

कैलाली शव व्यवस्थापन विवाद : कब्रस्तानमै अन्तिम संस्कार गर्न अनुमति

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १२:३९,

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिबार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रिस्तानमा नै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको हो। प्रशासनमा भएको छलफलमा सहमति भएपछि दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुले मुस्लिम समुदायलाई शव व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने र अहिलेको स्थानमा शव व्यवस्थापन गर्न नदिने बताएपछि आफूहरुले दुई दिनदेखि घरमै रहेको शवको व्यवस्थापन गर्न अनुमति दिएको आन्दोलन संघर्ष समितिका संयोजक धन बहादुर कोलीले बताए।

यसअघि बिहीबार कोरोना संक्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्तीबीचमै रहेको कब्रस्तानमा गाडेको थियो। त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए।

कोरोना संक्रमित महिलाको शवलाई बस्तीबीचको कब्रिस्तानमा गाडेपछि स्थानीयहरुले कब्रिस्तान बन्दको माग गर्दै गेट बाहिर तालाबन्दी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .