जनकपुरको एक होटेलबाट तास जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुरको डीके होटेलमा तासजुवा खेलिरहेका ८ जनालाई प्रहरीले १ लाख ६३ हजार ६ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डीके होटेलका संचालक जनकपुर ५ बस्ने बर्ष ४३ का दिलिप मण्डल समेत रहेका छन्। यस्तै जनकपुरधाम वडा नं. ५ का ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, ३५ वर्षका संजिप ठाकुर, ४५ वर्षीय वद्री साह र बर्ष २४ का शिवु मण्डल रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
यस्तै वडा नं. ४ का ४० वर्षीय गणेश साह, बर्ष ३४ का बेचन साह र वडा नं. २ बस्ने बर्ष ४६ का विनय साह हुन्।
उनीहरुलाई शुक्रबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका ४ स्थित राजदेवी मन्दिर पछाडी डीके होटेलमा तासजुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ, तीनबुक तास तास लगायत बरामद गरी थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताए।
प्रतिक्रिया