महोत्तरी प्रहरीले दुई विघामा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ।
महोत्तरी एकडारा गाउँपालिका ५ स्थित गेना बथनाहा गाउँका बिभिन्न स्थानहरुमा लगाएको गाँजा खेती प्रहरीले शनिबार नष्ट गरको हो।
अबैध गाँजा खेती भइरहेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलिले २० हजार गाँजाका बोटहरु नष्ट गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
करेसाबारी, धान बालि, आँपघारी र बाँसघारीमा लगाइएको २० हजार गाँजाको बोट फडानी गरी सोहि स्थानमै मट्टीतेल छर्की नष्ट गरेको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया