बलिउड अभिनेता आसिफ बसरा मृत फेला परेका छन्। पछिल्लो समय पाताल लोक सिरिजमा अभिनय गरेका उनी ५३ वर्षका थिए।
बिहीबार हिमाचल प्रदेशको धर्मशालास्थित एउटा भवनमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पछिल्ला केही वर्षमा उनी अपर धर्मशाला आउनेजाने गरिरहेको बताइएको छ।
दुई दशक लामो फिल्मी करिअरमा बसराले ब्ल्याक फ्राइडे, परजानिया, आउटसोर्स्ड जस्ता फिल्ममा अभिनय गरेका थिए।
त्यसका अलावा जब वी मेट, वन्स अपअन अ टाइम इन मुम्बईजस्ता फिल्ममा पनि अभिनय गरेका थिए। एजेन्सी
6
Shares
प्रतिक्रिया