काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप ८३५ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनामा कोरोना पुष्टि भएको हो।
आज देशभरमा १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको छ।
36
Shares
प्रतिक्रिया