काठमाडौँ उपत्यकामा ८३५ सहित नेपालमा पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ८ हजार ७५३ पीसीआर परीक्षण गर्दा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी काठमाडौँमा ६४२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा कास्कीमा २०८, झापामा १२१, ललितपुरमा १०५, भक्तपुरमा ८८ र रुपन्देहीमा ८२ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?
510
Shares
प्रतिक्रिया