अहिले सो क्षेत्रको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको बताइएको छ।
भारतीय संचार माध्यमका अनुसार शुक्रबार राति यस १७ हजार फिटमाथिको सीमा क्षेत्रमा हिउँ परेको थियो यद्यपी भारतीय सेनाहरु सोही स्थानमा छन्।
हाल दुवै देशका सेनाबीच तत्काल लद्दाखको विवादित सीमा क्षेत्रबाट सेना पछाडि हटाउने विषयमा महत्वपूर्ण छलफल चलिरहेको छ।
सम्झौता भएको खण्डमा यी सेनाहरु विवादित क्षेत्रबाट पछाडि हट्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
जाडो याममा लद्दाखको सीमामा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्छ। जाडो सुरु हुनासाथ यहाँ बाक्लो हिउँले सडक पुर्छ। यो क्षेत्र ६ महिनाका लागि ठप्प हुन्छ।
#ITBP jawans celebrate #Diwali at 17000 feet in #Ladakh where temperature is minus 20 degrees ! pic.twitter.com/4YGuMQk2lA
— Neeta Sharma (@NEETAS11) November 14, 2020बाँच्न नै मुस्किल हुने भएकाले हिउँदमा दुई देशका सेनाबीच धक्का–मुक्की नहुने अपेक्षा गरिएको थियो। तर यसपटक भने दुवै देशका सेनाले जाडोको तयारी गरिरहेका छन्।
उनीहरुले हिउँदभरीलाई पुग्ने खाद्यान्न र गोलीगठ्ठा विवादित क्षेत्र नजिक पुर्याएका छन्।
तर पछिल्लो समय वार्ता भइरहेकाले दुवै देशले सेना पछाडि हटाउने अपेक्षा गरिएको छ। जाडो बढिरहँदा र सीमामा हिउँ परिरहँदा भारतीय सेनाले यसपटक दीपावली यसै स्थानमा मनाउने भएका छन्।
माइनस २० डिग्री सेल्सियसको तापक्रममा भारतीय सेनाहरु यतिबेला सीमामा अडिग भएर चिनियाँ खतराविरद्ध सतर्क भएको भारतीय संचार माध्यमले जनाएका छन्।
हालै भारतीय सेनाहरुले यस उच्च स्थानमा दीपावली मनाइरहेको भिडियो र फोटो पनि सार्वजनिक भएका छन्। एजेन्सी
प्रतिक्रिया