कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी (एपीएफ) टोलीले एक जनाको सकुशल उद्वार गरेको छ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ बस्ने ३१ वर्षीय कमल योगी पैदल हिँड्ने क्रममा अचानक सो नदीको खोचमा खसेका थिए।
सो घटनबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो।
उद्वार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडीकल अस्पतालतर्फ पठाएको छ।
96
Shares
प्रतिक्रिया