ad ad

समाज


नाका खुलाउन दबाब दिँदै हस्ताक्षर संकलन

नाका खुलाउन दबाब दिँदै हस्ताक्षर संकलन

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १५:५१,

पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर संकलन गरेका छन्।

होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन्।

संघीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी संघका अध्यक्ष राम तामाङले बताए।

नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन्।

देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .