नेपालमा पछिल्लो २४ घण्टामा थप २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार ३०५ महिला र ४७७ जना पुरुष गरी थप ७८२ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ५ हजार ७०६ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ।
81
Shares
प्रतिक्रिया