ad ad

समाज


ट्याक्सी दुर्घटना हुँदा आठ घाइते

ट्याक्सी दुर्घटना हुँदा आठ घाइते

नेपालखबर
पुस १४, २०७७ मंगलबार १२:५३,

फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो।

दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ। बाँकी सातको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .