भारतको उत्तर प्रदेशमा अर्की युवतीसँग लहसिएको रिसमा एक महिलाले गोली हानेर पतिको हत्या गरेकी छन्।
त्यसपछि उनले आफूलाई पनि टाउकामा गोली हानेर आत्महत्या गरकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार थाना दक्षिण फुलबाडीका ४५ वर्षीय पुरन सिंहलाई उनकी पत्नी ४३ वर्षीया कुसुमा देवीले गोली हानेर हत्या गरेकी हुन्।
आफैंले हानेको गोली लागेर गम्भीर घाइते भएकी ती महिलाको पनि उपचारका क्रममा मृत्यु भएको हो।
महिलाले हत्या तथा आत्महत्या गर्नुको कारण उनका पतिको विवाहेतर सम्बन्ध रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया