दार्चुलामा निर्माणाधीन जलविद्युत आयोजनाको नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ।
अपिहिमाल गाउँपालिका–६, मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् आयोजनाको पर्खाल निर्माण गर्ने क्रममा भत्किँदा शनिबार दुई मजदुरको मृत्यु भएको हो।
एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशंकर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए।
सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण भइरहेको हो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रासस
प्रतिक्रिया