ad ad

समाज


पशु फार्ममा आगलागी हुँदा २० गाई मरे, १० वटाको घाइते अवस्थामा उद्धार

पशु फार्ममा आगलागी हुँदा २० गाई मरे, १० वटाको घाइते अवस्थामा उद्धार

नेपालखबर
चैत ७, २०७७ शनिबार २:४६,

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा रहेको एउटा गाई फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरेका छन्।

स्थानीय मनोजकुमार साह र दिनानाथ साहले संयुक्त रुपमा सञ्चालन गरेको कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार दिउँसो आगलागी हुँदा २ वटा वाछासहित २० वटा गाई मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा २० वटा गाई, ढुटोपिठो र गोठ जलेर नष्ट हुँदा ३१ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी काफ्लेले बताए।

आगलागीमा परेर फार्म सञ्चालक दिनानाथ समेत घाइते भएका छन्। गाईलाई आगोबाट जोगाउने क्रममा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते दिनानाथको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ। आगलागीमा परेका १० वटा गाईलाई भने घाइते अवस्थामा उद्वार गरिएको उनले बताए।

कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका डिएसपी काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .