ad ad

समाज


हराएको नेपाल–भारत सीमास्तम्भ एपीएफ टोलीले फेला पार्‍यो

हराएको नेपाल–भारत सीमास्तम्भ एपीएफ टोलीले फेला पार्‍यो

नेपालखबर
चैत ८, २०७७ आइतबार ७:४,

झापामा हरारहेको नेपाल–भारत सीमास्तम्भ सशस्त्र प्रहरी बलको टोलीले फेला पारेको छ।

 झापाको कचनकवल गाउँपालिका–४, पूर्व लोडावारी र भारततर्फ किसनगञ्ज जिल्ला ताप्फुवा पञ्चायत सुरुभिट्टामा रहेको नेपाल–भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ हराइरहेको थियो।

वर्षताको बाढीका कारण हराइरहेको उक्त सीमास्तम्भ यही चैत्र ६ गते शुक्रबार बिहान एपीएफको टोलीले फेला पारेको हो।

सीमा स्तम्भ नम्बर ११९/८ (सानो) खोलाले बगाएको थियो।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट केचना झापाबाट प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमान्डमा खटिएको टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा फेला पारिएको हो।

सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको एपीएफले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .