ad ad

समाज


संक्रमित बढी भएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह

संक्रमित बढी भएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ११:३६,

नेपाल चिकित्सक संघले कोरोना संक्रमितको संख्या बढी भएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको दोस्रो लहरमा प्रमाणित भएको नयाँ भेरियन्टको उपचारलाई सहज बनाउन स्वास्थ्य संकटकाल घोषणा गर्दै लकडाउन गर्न सरकारलाई सुझाव दिएका हुन्।

सरकारी अस्पताल, मेडिकल कलेज तथा नीजि अस्पतालसँग समन्वय गरी इलेक्टिभ सर्जरी र नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोरोनाको उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्न सुझाव दिइएको। संघले एचडियूको संख्या तुरुन्त थप गर्नसमेत भनेको छ।

कोरोनाको उपचारमा प्रयोग हुने समग्रीहरुको सहज उपलब्धताका लागि पहल गर्न संघको आग्रह छ।

सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ लागू गर्न र भिडभाड हुने स्थानहरुलाई बन्द गर्न भनिएको छ।

फ्रन्टलाईनमा हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु कोरोनाविरुद्धको भ्याक्सिनबाट अझै बन्चित रहेको हुँदा उनीहरुलाई खोप उपलब्ध गराउन संघको माग छ।

कोरोनाको दोस्रो लहर समुदायमा पनि फैलिसकेकोले पोजेटिभ देखिएका केसहरुको कन्ट्रयाक ट्रेसिङ गरेर परीक्षणको दायरा बढाउन संघले भनेको छ।

हटस्पट भएका ठाउँहरुमा परीक्षण गरेर देखिएका केसहरुलाई आइसोलेसनकोको व्यवस्था गर्न भनिएको छ।

संघले सर्वसाधारणहरुलाई घरबाहिर निस्कदा अनिवार्य मास्को प्रयोग, सावुन पानी वा सेनिटाइजरले हात सफा गर्न भनेको छ।

आफ्नो पालो अनुसार कोभिड भ्याक्सिन लगाउन पनि अनुरोध गरिएको छ।

संघले चिकित्सक तथ स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रहेर आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .