ad ad

समाज


पाकिस्तानमा टेलिभिजन कार्यक्रममै राजनीतिज्ञबीच हात हालाहाल, महिलाले हानिन् थप्पड (भिडिओ)

पाकिस्तानमा टेलिभिजन कार्यक्रममै राजनीतिज्ञबीच हात हालाहाल, महिलाले हानिन् थप्पड (भिडिओ)

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ६:३१,

सो क्रममा सत्ताधारी पाकिस्तान तहरीक–ए–इंसाफ पार्टीका नेतृ फिरदौस आशिक अवानले पीपीपी पार्टीका नेता अब्दुल कादिर खान मन्दोखेललाई थप्पड हानेको बीबीसीले जनाएको छ।

पाकिस्तानी न्युज च्यानल एक्सप्रेस न्युजको कार्यक्रममा हात हालाहालको घटना भएको हो।

जावेद चौधरीले संचालन गरेको कार्यक्रम ‘कल तक’मा दुवै नेताबीच भ्रष्टाचारको विषयमा भनाभन भएको थियो।

पीपीपीका नेता मन्दोखेलले महिला नेतृ फिरदौसमाथि सिधै भ्रष्टाचारको आरोप लगाएपछि उनले भ्रष्टाचारको प्रमाण माग्दै मानहानीको मुद्दा हाल्ने बताएकी थिइन्।

यद्यपी उनले भ्रष्टाचारी भन्न नछाडेपछि महिलाले उनलाई थप्पड हानेका थिए।

महिला नेतृ फिरदौसले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सूचना एवं प्रसारण मामिलाको विशेष सहायकको रुपमा काम गरिसकेकी छिन्।

कार्यक्रममा विज्ञापन आएको बेला मन्दोखेलले आफूमाथि अपशब्द प्रयोग गरेपछि आफू कार्यक्रममा आक्रामक बनेको फिरदौसले बताएकी छिन्।

मन्दोखेलमाथि आफूले मानहानीको साथै महिला शोषणको मुद्दा हाल्ने समेत उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .