सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गर्दागर्दै काठमाडौंबाट एक जना पक्राउ परेका छन्।
काठमाडौंमा महानगरपालिका ५ भाटभटेनी चोकमा रहेको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेल्धुरा सेतीबेसी गाउँपालिका ४ का २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया