समाज


काभ्रेमा अटो दुर्घटना, चार जना घाइते

काभ्रेमा अटो दुर्घटना, चार जना घाइते

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १३:५३, काठमाडौँ

काभ्रेको पनौतीमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

पनौती- ९ इट्टेमा बिहीबार दिउँसो १२ बजे शंखुबाट पनौती तर्फ आउँदै गरेको ना.२ ह ३६४२ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ८ फिट तल खस्दा चारजना घाइते भएका हुन्।

अटोमा सवार ६ मध्ये ४ जना घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

घाइते हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ की ७० वर्षीया रोमाकुमारी अधिकारी, पनौती- १२ की ४१ वर्षीया चन्द्रावती केसी, पनौती- १० की ३५ वर्षीया बिमला खत्री र अटो चालक पनौती- ९ का २३ वर्षीय विकास तिमल्सिना छन्। सबै घाइते खतरामुक्त छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .