ad ad

समाज


दुई छोरासहित लाङटाङ भ्रमणमा गएका बेलायती पर्यटक मृत भेटिए

दुई छोरासहित लाङटाङ भ्रमणमा गएका बेलायती पर्यटक मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०८० शनिबार ५:५९, रसुवा

रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक पर्यटकको मृत्यु भएको छ। 

लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। 

पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए। 

पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .