सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ आहालचौरका ९६ वर्षीय लालबहादुर मगर स्थानीय ब्रम्मायणी खोलामा मृत फेला परेका छन्।
आइतबार खाना खाएर दिउँसो घरबाट निस्किएका लालबहादुर सम्पर्कमा नआएपछि आफन्तले खोजि गरेका थिए।
दिउँसो २ बजेतिर घरदेखि ५ सय मिटरको दूरीमा रहेको ब्रम्मायणी खोलाको किनारमा उनले लगाएको चप्पल र लौरो फेला परेपछि आफन्तथले प्रहरीलाई खबर गरेका थिए।
लालबहादुर खोलामा हाम्फालेको आशंकामा प्रहरीले खोला किनारमा खोजी गरेको थियो। करिब ७ किलोमिटर तल चौतारा साँगाचोक गढी नगरपालिका २ फलामे साँघुस्थित ब्रम्मायणी नदीमा ढुङगाको कापमा अडकिएको अवस्थामा लालबहादुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
10.8k
Shares
प्रतिक्रिया