काभ्रेमा सडिसकेको अवस्थामा एउटा शव फेला परेको छ।
बुधबार साँझ पाँचखाल नगरपालिका- ६ काजीको सामुदायिक वनमा सडिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बरको रुखको फेदमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव स्थानीय विजय श्रेष्ठको भएको आफन्तले बताएका छन्।
श्रेष्ठ गएको असार १८ गतेदेखि बेपत्ता थिए। उनका बुवाले उक्त शव आफ्नै छोराको भएको भनेर सनाखत गरेका प्रहरीले जनाएको छ।
श्रेष्ठकाे मृत्युकाे कारण भने खुलेकाे छैन। थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।
24
Shares
प्रतिक्रिया