ad ad

समाज


चितवन दुर्घटना: यी हुन् १६ जना घाइते (नामावली)

चितवन दुर्घटना: यी हुन् १६ जना घाइते (नामावली)

घटनास्थल


सुनिता विष्ट
असोज ११, २०८१ शुक्रबार ७:१९, हेटौँडा

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोकिँदा घाइते भएकाहरुको पहिचान खुलेको छ।

गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो बस र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोकिँदा माइक्रो बसमा सवार १६ जना घाइते भएका थिए। 

दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

घाइते हुनेमा नवपलपुरकाे कावासोती नगरपालिकापा-१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम), नवलपुरकाे गैंडाकोट-५ बस्ने वर्ष  ३५ की रेजिना पराजुली (मध्यम), सोही स्थानकी वर्ष  २३ की अरुणिमा पौडेल(मध्यम), माइक्रो चालक नवलपुर कावासोती-१३ बस्ने वर्ष ३८ को चिन्ताबहादुर महत्तोकाे (अबस्था मध्यम) छन्। 

यस्तै, नवलपुरकै कावासोती ७ बस्ने वर्ष  ३२ का सन्तोष महत्तो (मध्यम), नवलपुर कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङ्गेली (मध्यम), नवलपुर कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले  (सामान्य),  नवलपुर कावासोती २ बस्ने वर्ष ६ को ईहान आले (मध्यम), नवलपुर कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुषाल (मध्यम), नवलपुर कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य),  नवलपुर कावासोती १५ बस्ने वर्ष २३ को सुनिल गैरे (मध्यम) र  बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने वर्ष ३७ को फनिन्द्र थापा (मध्यम) रहेका छन्। उनीहरुको चितवनकाे भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।

घाइते बाँकी ४ जनाको पनि चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भैरहेको डीएसपी रिजालले जानकारी दिए।

उनका अनुसार उक्त अस्पतालमा उपचारत रहनेमा नवलपुर कावासोती नगरपालिका- १३ बस्ने वर्ष २४ की सृष्टी भुसाल (मध्यम), कावासोती १३ कै ५२ वर्षका रामजी भुसाल (मध्यम), सोही स्थानका वर्ष २० की सोनिका भुसाल (मध्यम) र कावासोती-२ बस्ने वर्ष ४० को साहिल श्रेष्ठ (टाउको र दुबै खुट्टामा चोट मध्यम) रहेको डीएसपी रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .