ad ad

समाज


झ्याप्लेखोला अपडेटः फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावली)

झ्याप्लेखोला अपडेटः फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान (नामावली)

नेपालखबर
असोज १३, २०८१ आइतबार १३:१, हेटाैँडा

काठमाडौँको नागढुंगानजिकै पर्ने धादिङको धुनिबेसी नगरपालिका–९, झ्याप्लेखोलामा गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ। 

हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। 

झ्याप्लेखोलामा पहिरोले गाडी पुर्दा मृत्यु भएकामध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।

फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। 

उनका अनुसार सनाखत हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ की सीता भट्टराई, उनका छोरा दीपेश भट्टराई र दीपिका भट्टराई छन्। 

यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्। 

त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ। 

उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ पठाइएको छ।

सनाखत भएका शनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो।

आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो। ८ वटा शव वाहन उद्धारको लागि घटनास्थलतर्फ गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .