ad ad

समाज


युगान्डाबाट ल्याएर ठमेलमा वेश्यावृत्ति, युगान्डाकै अर्की महिला पक्राउ

युगान्डाबाट ल्याएर ठमेलमा वेश्यावृत्ति, युगान्डाकै अर्की महिला पक्राउ

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १५:५६, काठमाडौँ

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेशयावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले युगाण्डाकी नागरिक नतसा भनिने इमाकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। 

पर्यटक भिसामा नेपाल आएकी नतसाले ठमेलस्थित होटल जोर्नी होममा बसेर आफ्नै देशका नागरिकलाई वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ।

नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५ सय अमेरिकी डलर आम्दानी हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिसा लगायत खर्चसमेत पछि कमाएर शर्तमा जनवरी २०२३ मा बोलाएको पाइएको छ।

हवाईमार्ग हुँदै नेपाल ल्याएर उनले आफू बस्दै आएको होटलमा राखेकी थिइन्। 

त्यहाँ नेपाली र भारतीय पुरुषहरुसँग शारीरिक सम्पर्क गर्न बाध्य पारेको ब्यूरोका एसपी कृष्ण प्रसाद पंगेनीले जानकारी दिए।

अस्वीकार गरे उनलाई र परिवारलाई समेत मार्ने धम्की दिएको पीडितले प्रहरीसमक्ष गुनासो गरेकी छन्।

दैनिक ५/७ जनासँग शारीरिक सम्पर्क गर्न बाध्य पारेपछि बिरामी परेकी उनलाई पछि होटलबाट निकालिएको थियो।

त्यसपछि आफ्नै देश फर्किन खोजेकी थिइन्। २६ फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी पीडितको हवाई टिकट समेत रद्द गराइदिएकी थिइन्।  त्यसपछि पीडित ब्यूरोमा पुगेर जाहेरी दिएकी थिइन्। 

पक्राउ परेकी महिला आफैं पनि यौन व्यवसायमा संलग्न रहेको खुलेको छ। उनले युगान्डाबाट अन्य महिलालाई पनि बोलाएर यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ।

उनले होटलमा ग्राहक नआएको समयमा आफैं नाइट क्लबमा पुगेर ग्राहक ल्याउने गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .